नेकपा एसको घोषणापत्रः पानीजहाज सञ्चालनदेखि मिटरब्याजीको शोषण नियन्त्रण गर्ने (पूर्णपाठसहित)

जनकपुरधाम – नेकपा एकिकृत समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्र सार्वजनिक गर्दै नेकपा एसले विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको हो।

नेकपा एसको चुनावी घोषणापत्रमा चुनाव जिते नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने समेत उल्लेख छ । यस्तै, एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि उत्तिकै जोड दिएको छ। उसले पुँजीगत खर्च नहुँनु, महँगीको अचाक्ली वृद्धि तथा कालोबजारीलगायतका विकृतिलाई अन्त्य गर्न पहल गर्ने जनाएको छ।

अर्थतन्त्रका बारेमा सो पार्टीको घोषणापत्रमा भनिएको छ, “नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोतसाधनमा दलाल पुँजीपतिको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृती, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन्।”

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसक्दा यस क्षेत्रमा देखिएका समस्याबाट मुक्त हुन नसकिने र परनिर्भरता कायमै रहने ठहर गर्दै एकीकृत समाजवादीले कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रको विकास र विस्तार गर्ने विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरिएको छ।

हेर्नुहोस् पूर्णपाठः

Final-Samshipta-Ghosana-Patra_CTP_2079-07-13
Author:



क्याटोगरी छान्‍नुहोस