जनकपुरधाम – नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आज आफ्नो दलको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक भइसकेपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको मूल एजेण्डा भएको र यसलाई संविधान संशोधन मार्फत अघि बढाउन सकिने बताए ।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।
हेर्नुहोस् पूर्णपाठः
Maoist-Center-Ghosanapatra