राजविराज – आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीमा सरगर्मी बढेको छ भने आम मतदातामा पनि निर्वाचनमा कस्तालाई जिताउने भनेर चर्चा चुलिएको छ ।
त्यो चर्चा भइरहदा २०७४ को निर्वाचनमा निर्वाचित भएका प्रदेश र प्रतिनिधि सभा सदस्यले विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य, रोजगारीका साथै आम जनताको अधिकार सुनिश्चतताका लागि के कति काम गरे ? भनेर यतिबेला आम मतदाताले लेखाजोखा समेत गर्न थालेका छन् ।
सोही क्रममा हामीले सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का आम मतदातासँग स्थलगत कुराकानी गरेका छौं ।
प्रस्तुत छ श्रव्य दृश्य सामग्री :