जसपालाई जातीयतासित जोडेर अनर्गल प्रचार हुँदैछ : नवलकिशोर

राजविराज – मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरिबी र बेरोजगारीको समस्याले जकडिएको सप्तरीमा त्यसका विरुद्ध लड्नसक्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

शनिवार सप्तरीको क्षेत्र नम्बर १ अन्तर्गत महादेवपट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उक्त क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधी सभाका प्रत्यासी समेत रहेका साहले कतिपयले आफ्नो पार्टीलाई जातीयतासित जोडेर अनर्गल प्रचार गरिरहेको भन्दै त्यसप्रति सचेत रहन समेत आग्रह गरेका छन् ।

सोही कार्यक्रममा जसपाका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका मौलाना अब्दुल सिद्धिकीले नेकपा एमालेसित आफ्नो पार्टीले गरेको चुनावी समिकरणलाई नकारात्मक टिप्पणी गर्ने विपक्षीले आफुहरुको तालमेलका बारेमा पनि मूल्याङ्कन गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सप्तरी ईञ्चार्ज दिवाकर देवकोटा, पूर्व सांसद एवम् केन्द्रीय सदस्य सरिता गिरी लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780