चुनावकाे मुखमा लोसपाका नेता जसपा प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी बाराका एक दर्जनभन्दा बढी नेता–कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा लोसपाका केन्द्रीय सदस्य सर्फुल्लाह अन्सारी, युवा नेता सन्तोष यादव, जिल्ला सहसचिव शम्भु गुप्ता, जिल्ला सदस्य अमोद यादव, प्रह्लाद गुप्तासहितका नेता तथा कार्यकर्ता छन्।

उनीहरू जसपा पार्टी कार्यालय बालकुमारीमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग टीका लगाएर पार्टी प्रवेश गरेका हुन्। मधेस आन्दोलनमा अग्रणी भूमिका खेलेका यी युवा नेता विगत लामो सयमदेखि लोसपाका नेतृत्वरूसँग असन्तुष्ट रहेकाले चुनावको मुखमा जसपा प्रवेश गरेका हुन्।

पछिल्लो समय लोसपाका अधिकांश नेता–कार्यकर्ता एमाले, कांग्रेस र जसपा पार्टीमा प्रवेश गर्दै आएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780