कोरोनाका सक्रिय संक्रमित ५७७ पुग्यो

जनकपुरधाम – देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४८ जनाको नमूना परीक्षण गरिएकोमा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आठ सय ८७ जनाको पीसीआर र ६ सय ६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । त्यस्तै, सोमबार ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस