प्रशासनलाई आयोगको चेतावनी–उम्मेदवारको पक्ष–विपक्षमा उभिएको पाइए कडा कारबाही हुन्छ

काठमाडाैं  – निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुको पक्ष–विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।

स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुनेछ’ उनले भने ‘स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष–विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने छ ।’

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संचाकर्मीसँग कुरा गर्दै कुनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष–विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे । उनले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस