जनकपुरधाम । मधेस प्रदेश सभामुखका लागि दुई सांसदले मनोनयन दर्ता गराएका छन् । सत्तागठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल तथा नेपाली कांग्रेसबाट जङीलाल यादवले प्रदेश सभा सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।
सभामुखको लागि मतदान २ माघ हुनेछ । १०७ सदस्यीय मधेस प्रदेश सभामा लोसपासहित सत्तागठबन्धन दलसँग ७२ सांसद छन भने कांग्रेसका २२ सांसद छन् ।