रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीले बुझाएको राजीनामा स्वीकृत भएको छ । आइतवार साँझ उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए ।

सोमबार राष्ट्रपति कार्याालयले विज्ञप्तिमार्फत तीनै जनाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै २ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई तोकेको छ ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाएका थिए ।

उनीहरुको राजीनामा स्वीकृत भएसँगै रिक्त २ मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन् । रिक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रचण्डले सम्हालेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780