जनमत पार्टीको निर्णय- गठबन्धन टिकाउन मिलेर अघि बढ्ने

जनकपुरधाम । जनमत पार्टीले सत्ता गठबन्धनलाई मिलेर अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको जनमतको केन्द्रीय कार्यकारिणी समिति बैठकले गठबन्धन टिकाउने मिलेर अघि बढ्ने निर्णय गरेको महासचिव चन्दन सिंहले बताए ।

पार्टी सुदृढीकरण र संगठन विस्तारमा लाग्ने र सचिवालय व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, राष्ट्रपतिको निर्वाचनमा गठबन्धनको उम्मेदवार नै साझा उम्मेदवार मान्ने निर्णय गरेको महासचिव सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस