पत्रकारितामा निश्क्रिय रहेकालाई सदस्यता त्याग गर्न आह्वान

राजविराज – नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारितामा निश्क्रिय रहेकालाई सदस्यता त्याग गर्न आह्वान गरेको छ । महासंघ केन्द्रीय समितिको परिपत्रअनुसार ‘सदस्यता शुद्धिकरण अभियान २०७९’मा साथ दिने शाखाले निर्णय गरेको छ ।

शनिवार गरेको निर्णयअनुसार पत्रकारितामा निश्क्रिय रहेका तथा राजनीतिक दलमा आबद्ध रही महासंघको सदस्यसमेत रहेकाहरुलाई अविलम्ब सदस्यता त्याग गर्न आह्वान गरेको हो भने पत्रकारिता गर्दागर्दै राजनीतिक दलमा आबद्ध भएकाहरुले स्वेच्छिक रुपमा सदस्यता त्याग गरेमा शाखाले मानार्थ सदस्यताकासाथ स–सम्मान विदाई गर्ने निर्णय भएको शाखाका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए ।

उनकाअनुसार अन्यथा केन्द्रीय समितिको सर्कुलर बमोजिम भई जानेछ । त्यस्तै, ‘सदस्यता शुद्धिकरण अभियान २०७९’ अन्तर्गत आवश्यक अनुसन्धानकालागि शाखाले तीन सदस्यीय ‘सदस्यता अनुसन्धान समिति’ समेत गठन गरेको छ ।

सो समितिलाई एक साताभित्र कार्यसमितिमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको अध्यक्ष देवले बताए । सोही दिनको बैठकबाट महासंघको २०७८ र २०७९ सालको सदस्यता नवीकरण गर्न चैत २१ गतेसम्मको अन्तिम म्याद तोकिएको छ भने शाखाको साधारण सभा आगामी बैशाख २५ गते गर्ने निर्णय भएको शाखाका सचिव रामनारायण विश्वासले जानकारी दए । साधारण सभाको स्थान भने पछि तोक्ने गरी निर्णय भएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस