कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

जनकपुरधाम – नेपाली कांग्रेसले मंगलबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।

सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस