सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार अपराह्न ४ बजे धनकौलमा दक्षिणतर्फबाट गइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकको परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कैलाश राईले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस