सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

राजविराज – सप्तरीमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको महादेवा गाउँपालिका ६ ढिकुलीका २५ बर्षका जवाहर मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको छतमा जस्ता राख्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो ।

उनलाई छुटाउने क्रममा उनका काका ५१ बर्षका उमेशलाई पनि करेन्ट लाग्दा दुबैलाई उपचारका लागि राजविराजस्थित अस्पताल ल्याउदा चिकित्सकले जवाहरलाई मृत घेषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार उमेशको भने अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै, रुपनी गाउँपालिकामा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बाँस काट्दा बाँस विजुलीको तारमा छुन गई रूपनी गाउँपालिका ६ विरेन्द बजारका ३२ बर्षका कुमार थापालाई करेन्ट लागेको छ ।

उनको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस