राजविराज – ८ औं बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट नागरिक समाज, सप्तरीका अध्यक्ष थानसिंह भन्साली सम्मानित भएका छन् ।
मंगलबार अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको ३१ औं स्मृति दिवसमा राजविराजमा आयोजित कार्यक्रमकाबीच नागरिक समाज, सप्तरीका अध्यक्ष भन्सालीलाई सम्मान गरिएको हो ।
संस्थापक स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अध्यक्षता तथा मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही कार्यक्रममा स्वर्गिय उर्मिलादेवी झा मैथिली गित गायन पुरस्कारबाट कंचन झालाई सम्मान गरिएको छ । दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथी मानवअधिकार आयोगका सदस्य ठाकुरले पुरस्कार हस्तान्तरण गरेका छन् ।
मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलले संचालन गरेको सो कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविन, अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिती थियो ।