राजविराज – नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहर पोखरेलमाथि कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतो निलम्बित भएका छन् ।
सोमबार समाचार संकलनका गर्न जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले दुर्व्यवहार गर्दै कुटपिट गरेका थिए। घटनासॅंगै नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्नेलाई कार्वाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।
सोसॅंगै कुटपिट गर्ने असई महतोलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) वमोजिम निलम्बनको लागि जिल्ला प्रहरी कार्यालयलेमधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो। मंगलबारदेखि नै लागू हुने गरि उनलाई निलम्बन गरिएको सप्तरी प्रहरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए ।