राजविराज – नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मधेश प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि दिदैं आएकोबजेट कटौती गरेको प्रति उनले आपत्ति जनाएका छन्।
बुधबार सप्तरीको राजविराजमा नेपाल प्रेस युनियन सप्तरीको सातौं अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पत्रकारिताक्षेत्रको विकास र पत्रकारको क्षमता अभिबृद्विका लागि तिनै तहको सरकारले थप सुविधा बढाउन पर्नेमा जोड दिॅंदै अध्यक्ष लम्साललेविगतमा भएको बजेट कटौती नगरी बढाउनु जरुरी रहेको उल्लेख गरे ।
उनले सरकारले प्रेससॅंग सम्बन्धित कानुन बनाउँदा सरोकारवालाहरुसॅंग गहन छ्लफल गर्नुपर्नेमा जोड दिए । अध्यक्ष लम्सालले प्रेससम्बन्धि कानुन पत्रकार तथा आमजनताको पक्षमा नभए अस्विकार गर्ने चेतावनी दिए ।
उनले शुद्धिकरणको नाममा सक्रिय पत्रकारलाई हटाउने प्रयास भईरहेको भन्दै आक्रोश व्यक्त गरे । युनियन प्रेस स्वतन्त्रता र लोकतन्त्रकोपक्षमा उभिने संगठन भएको चर्चा गर्दै उनले शुद्धिकरणको आडमा क्रियाशिल पत्रकारमाथि अन्याय भए मान्य नहुने जिकिर गरे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवले पत्रकारहरुलाई भ्रष्टाचार विरुद्ध तथा विकास, समृद्धि र सुशासनको पक्षमा कलम चलाउन आग्रह गरे । उनले जनप्रतिनिधि र पत्रकारहरुले एकअर्कालाई दोषारोपण नगरी सहकार्यगरेर अगाडि बड्नुपर्नेमा जोड दिए ।
प्रेस युनियन सप्तरीका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यललिता साह, प्रेस युनियनका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश इन्जार्ज अनिल कर्ण, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव आरएनविश्वास, नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल, ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डल, कंचनरुपनगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, सुरुङ्गा नगरपालिकाकी प्रमुख गिता चौधरी, कंचनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए ।
प्रेस युनियन सप्तरीका उपाध्यक्ष विनयकुमार लाल कर्णद्वारा संचालित कार्यक्रममा स्वागत संजिवविक्रम साहले गरे ।