राजविराज – जिल्ला प्रशासन कार्यालय, सप्तरीले अनुमति विना कार्यालयको फोटो, भिडियो नखिच्न जारी गरेको उर्दी प्रति नेपालपत्रकार महासंघ शाखा सप्तरी आक्रोशित बनेको छ ।
बुधबार नै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति विना कार्यालयको फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको थियो ।सो सूचना लगत्तै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सोसूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा बुधबार (साउन २४ गते) राति ८ बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रिनेचेतावनी दिइएको छ ।
‘जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साल साउन २३ गतेको मिति राखेर साउन २४ गते बुधवार जारी गरेको सूचनामा प्रशासनकार्यालयको फोटो–भिडियो खिच्न र पत्र–पत्रिका तथा अनलाईनमा प्रकाशन गर्न रोक लगाएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षणभएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरितजिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाही कालिन उर्दी’को रुपमा लिएका छौं । जिल्लामा शान्ति–सुरक्षा रसुशासन कायम गर्न नसकेको आरोप चौतर्फीरुपमा लागिरहेको बेला प्रशासनको यो उर्दीले त्यो आरोपलाई अझ उदाङ्गो गरिदिएको छ।’
प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी मान्य नहुने विज्ञप्तिमा छ । ‘जिल्ला प्रहरी कार्यालयभित्र पत्रकारमाथि प्रहरीद्वारा आक्रमण, जिल्लाप्रशासन कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाईनु र विभिन्न मुद्दा मिलाउने नाममा आम जनतामाथि धाक–धम्कीदेखि धर–पक्कडसम्मको गतिविधिले समग्र जिल्लाबासीलाई प्रहरी–प्रशासनबाटै असुरक्षित बनाईदिएको छ । सप्तरीमा प्रहरी–प्रशासनकोपछिल्लो रवैयाले संविधान प्रद्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि धावा बोल्ने कार्य भएको छ भने जिल्लामा स्वतन्त्रतापूर्वक कार्यगर्न प्रहरी प्रशासनबाटै पत्रकार असुरक्षित रहेको पत्रकार महासंघको ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ तसर्थ, जिल्ला प्रशासनकार्यालय सप्तरीबाट संविधान र प्रेस स्वतन्त्रता विपरित सार्वजनिक भएको उक्त उर्दीपूर्ण सूचना मिति २०८०/४/२४ गते बुधवार राती ८बजेसम्म फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछौं । हाम्रो माग पूरा नभए मिति २०८०/४/२५ गतेबिहीवारदेखि चरणबद्ध आन्दोलनमा उत्रिने बाध्य हुनेछौं ।’