प्रलोभनमा गरिने धर्म परिवर्तन रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं–गृह मन्त्रालयले करकाप र प्रलोभनमार्फत् धर्मपरिवर्तन गर्ने कार्यलाई रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कडा निर्देशन दिएको छ। मन्त्रालयले जबरजस्ती धर्म परिवर्तन गराउने कार्य रोक्नका लागि निगरानीमा बढाउन निर्देशन दिएको हो।

विभिन्न जिल्लामा जबरजस्ती धर्म परिवर्तन गराउने गतिविधिहरू भइरहेको भन्दै मन्त्रालयमा उजुरीरगुनासो आएपछि त्यस कार्यमा कडाइ गर्न परिपत्र गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिए।

उनले भने– ‘कसैलाई करकाप वा प्रलोभनमार्फत् कसैको धर्म परिवर्तन गरेमा वा धर्म परिवर्तन गर्न प्रोत्साहित गर्नुलाई सरकारी अधिकारीहरूले जबरजस्ती धर्म परिवर्तनको परिभाषाभित्र राखेका छन् । मन्त्रालयले गरेको परिपत्रमा गैरकानुनी धर्मप्रचार र धर्मपरिवर्तन गराउने कार्य भए/नभएको निगरानी राखेर त्यसलाई रोक्नुपर्ने भनिएको छ।’

संविधान र कानुनमा भएका प्रावधानलाई राम्ररी पालना गराउन परिपत्र गरेको बताउँदै प्रवक्ता भट्टराईले भने– ‘प्रत्येक नागरिकलाई आफूले मान्दै आएको धर्मको अभ्यास गर्ने हक छ। आफूलाई राम्रो लागेको धर्म स्वस्र्र्फूत रूपमा मान्न पाइन्छ। तर, कुनै प्रलोभन दिएर वा त्रास देखाएर धर्म परिवर्तन गर्न पाउँदैन।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780