नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट

जनकपुरधाम–साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ठुलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अङ्कले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

आइतबार ३३३ कम्पनिको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै आज वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आइतबार मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, आइतबार कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिकै सबै भन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780