राजविराज–सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अनुगमन हुँदा ड्युटीको बेला पनि केही चिकित्सकहरु निजी क्लिनिकमा भेटिएका छन् ।
सेवाग्राहीले गुनासो गरेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले अनुगमन गर्न पुगेका थिए । अस्पतालमा केही चिकित्सक नभेटिएपछि सिडिओ दाहालले राजविराजका केही निजी क्लिनिकमा पनि अनुगमन गरेका थिए ।
अनुगमनकै क्रममा केही चिकित्सकहरु ड्युटीको बेलै निजी क्लिनिकमा भेटिएका छन् । ‘हामीले कानून अनुसार अघि बढेका छौं’, सिडिओ दाहालले भने ।