बलात्कार घटनाबारे गृहमन्त्री लेखीले भने, ‘अपराधी जोकोहीलाई हदैसम्मको कार्वाही हुन्छ’

जनकपुरधाम, ९ फागुन । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सिरहाको नवराजपुरमा एक दलित किशोरीको बलात्कार तथा शंकास्पद हत्यामा संलग्न रहेकाहरुलाई कुनै पनि हालतमा छुट नदिइने बताएका छन् ।

मन्त्रालयमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मधेशका जिल्लाहरुमा बलात्कार जस्तो अपराधिक एवम् घृणित कार्यमा संलग्न जो कोहीलाई कुनै पनि हालतमा छुट नदिइने भन्दै त्यस्ता अपराधीहरुलाई राजनीतिक संरक्षण नदिन समेत आग्रह गरे ।

बलात्कार जस्तो जघन्य अपराधिक घटना मिलाउन, पञ्चायती गरि लाख दुई लाखमै चुप लाग भनेर अपराधी जोगाउन खोजेको मन्त्री लेखीले बताए ।

अपराध लुकाउने कार्यमा संलग्न भएका व्यक्तिहरु चाँडै पक्राउ पर्ने बताउँदै उनले अपराधी जुनसुकै पार्टीको भए पनि कानुनी दायरामा ल्याएर हदैसम्मको कार्वाही गरेरै छाडिने मन्त्री लेखीले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख लालमणी आचार्यले प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी खोजी कार्य तीब्र पारिएकोले चाँडै अपराधी पक्राउ पर्ने जानकारी दिए । प्रहरी अनुसन्धानको थप विषय तत्काल सार्वजनिक गर्न नमिल्ने भन्दै अपराधीलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने उनले बताए ।

पत्रकार सम्मेलनमा गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्वव प्रसाद रिजाल, मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र प्रसाद यादव समेतको उपस्थिति थियो ।

गत माघ ३० गते सिरहाको नवराजपुरमा एक दलित किशोरी उपर भएको बलात्कार र हत्या घटनाबारे बुझ्नका लागि मन्त्री लेखी, सचिव रिजाल सहितको टोली विहीबार घटनास्थल पुगेका थिए । सोही क्रममा मृतकका परिवारजन तथा बस्तीका व्यक्तिहरुसँग भेटेर जानकारी लिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780