राजविराज । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन सम्बन्धी आवश्यक गतिविधिहरु सञ्चालन गर्नका लागि प्रतिनिधि सभा क्षेत्र क्षेत्र नम्बर २ को राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कञ्चनरुप, क्षेत्र नम्बर ३ को शम्भुनाथ र क्षेत्र नम्बर ४ को खडकमा समेत शुक्रबारै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सप्तरी जिल्लाको चार ओटै निर्वाचन क्षेत्रहरुमा कार्यालय स्थापना गरी आवश्यक कामकार्वाही शुभारम्भ गरिएको जनाइएको छ ।