डा. सुष्मा साउद
आयुर्वेदमा युरिक एसिडलाई प्रायः वात–रक्त विकार वा आम (toxins) वृद्धि सँग जोडेर हेरिन्छ । युरिक एसिड (Uric Acid) बढ्दा आम रूपमा जोर्नी दुख्ने, खुट्टा सुन्निने, विशेषगरी बुढी औँला फुल्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा हामीले खानपानमा विशेषा ध्यान दिनुपर्ने हुन्छ ।
रातो मासु, कलेजो, किड्नीजस्ता organ meat सकेसम्म नखाने । खानै परे एकदमै कम खाने ।
धेरै मदिरा (खासरी बियर) बाट टाढा रहने ।
धेरै तेलयुक्त, फ्राइड खाना कम गर्ने ।
चिनी र soft drinks कम गर्ने ।
तरकारी, फलफूल, सूप, दाल बढी खाने ।
पानी धेरै पिउने- दिनमा कम्तीमा २ देखि ३ लिटरसम्म पानी पिउनु राम्रो मानिन्छ । यसले युरिक एसिड पिसाबमार्फत बाहिर निकाल्न मद्दत गर्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा जीवनशैली हो । यो सन्तुलित भयो भने युरिक एसिड मात्र होइन, प्राय रोग परपरै हुनेछन् ।
युरिक एसिड कम गर्न नियमित हल्का exercise (हिँडडुल, योग) गर्नुहोस् ।
धेरै बेर बसिरहन हुँदैन । त्यसैले बेलाबेला उठेर हिँड्ने गर्नुहोस् ।
तौल नियन्त्रणमा राख्नुहोस् ।
आयुर्वेद चिकित्सकको सल्लाहमा गुग्गुलु (Guggulu) आधारित औषधिहरू लिन सकिन्छ । गुर्जो, त्रिफला पनि मद्दधगार मानिन्छ । हल्का डिटक्सिफाइ गर्ने आहार र जीवनशैली अपनाउनुपर्छ । तर जोर्नी धेरै दुख्ने/सुन्निने, बारम्बार attack हुने र युरिक एसिड धेरै उच्च देखिएको अवस्थामा डाक्टरलाई देखाइहाल्नुपर्छ ।