इटहरीबाट आठ जना जुवाडे पक्राउ

विराटनगर, १ मंसिर । सुनसरीको इटहरीबाट ८ जना जुवाडेलाई प्रहरीले गरेको छ । गए राति तरहराको रुद्राक्ष पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

इटहरीका ३४ वर्षीय धनबहादुर पुरी, इटहरी–२० तरहराका ४१ वर्षीय दिलकुमार पुरी, सोही ठाउँका २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ र भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण गिरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बास्तोलालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट २ लाख ८० हजार रुपैयाँ पनि बरामद भएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस