नेसन्स लिगमा पोल्याण्डलाई हराउँदै इटली शीर्षस्थानमा

१ मंसिर । नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा इटलीले पोल्याण्डमाथि जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा इटलीले पोल्याण्डमाथि २–० को जित निकालेको हो ।

यो जितसँग इटली समूह ए को शीर्षस्थानमा उक्लिएको छ । इटली लाई सहज जित दिलाउनको लागि जोर्गिन्हो र डोमेनिको बेरडीले समान एक–एक गोल गरे । इटलीलाई खेलको २७ औं मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले अग्रता दिलाएका थिए । पहिलो हाफमा इटली एक गोलले अघि रह्यो ।

दोस्रो हाफमा गोरलस्की रातोकार्ड खाँदै बाहिरिँदा पोल्याण्ड १० खेलाडीमा सीमित भएको थियो । उनी ७७ औं मिनेटमा बाहिरिएका थिए। ८३ औ मिनेटमा डोमेनिको बेरडीले गोल थप्दा इटलीले पोल्याण्डमाथि २–० को जित हातपारेको हो ।

समूह ए मा इटली ९ अंकसहित शीर्षस्थानमा छ भने नेदरल्याण्डस् ८ र पोल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । २ अंक जोडेको बोस्निया एण्ड हर्ज गोभनिया तालिकाको पुछारमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस