नेकपा दाहाल–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (यस्तो छ कार्यक्रम)

जनकपुरधाम, १७ पुस । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै पुस २० देखि २३ गतेसम्म दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो ।

शनिवार पत्रकार सम्मेलनबाट गर्दै आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए । आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिरया, छलफल, विरोध प्रदर्शन लगायतका छन् ।

आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल ¥याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस