नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ७५० जना निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ४१९ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४१९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७५० जना निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस