विश्वभर कोरोना संक्रमणको अवस्था ?

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विश्वभर आजसम्म करिब साढे ८ करोड मानिस प्रत्यक्ष प्रभावित भएको छ । आजसम्म ८ करोड ४९ लाख ७९ हजार १६६ जना कोरोना संक्रमित भएको वल्र्डोमिटर्सको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा मात्र ५ लाख ४९ हजार ८० कोरोनाका संक्रमित थपिएका छन् । विश्वका २ सय बढी देशमा फैलिएको कोरोनाका कारण १८ लाख ४२ हजार ९ सय ९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभरमा कोरोनाका कारण ८ हजार १ सय ४० जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये छ करोड ९५ लाख ८६९ जना निको भइसकेको वल्र्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस