पाकिस्तानमा एघार मजदुरको हत्या

इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदूरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदूरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए । घटनामा परी घाइते भएका मजदूरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।–सिन्ह्वा

Author:



क्याटोगरी छान्‍नुहोस