भारतमा कोभिड–१९ विरुद्धका दुई खोपलाई आपत्कालीन अनुमति, प्रधानमन्त्री मोदीद्वारा बधाई

जनकपुरधाम । भारतमा दुई वटा कोभिड–१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ । भारतको औषधि नियामकले कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन आपत्कालीन रुपमा प्रयोग गर्न अनुमति दिएको हो । सो खोप अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको जनाएको छ ।

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ड खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन् । भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ । कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो ।

उक्त निर्णयपछि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको कदमलाई ‘निर्णायक मोड’ बताएका छन् ।

जसमा ‘बधाई भारत’ भन्दै ती खोपले देशलाई कोरोनामुक्त पार्न सघाउने जनाएका छन् । बीबीसी

Author:



क्याटोगरी छान्‍नुहोस