जनकपुरधाम, २० पुस । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर–२ का बद्रीहाङ राई छन् ।
राई श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जादै थिए । सुरक्षा जाँचको क्रममा उनलाई ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद भएको एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए । राईमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । प्रतिकात्मक तस्बिर