प्रदेश २ : नेतालाई हटाउन नेकपा संसदीय दलको बैठक भोली

जनकपुर । प्रदेश २ नेकपा संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन दाहाल–नेपाल समूहले बैठक बोलाउन लागेका हुन् ।

नेकपा संसदीय दलका उपनेता रामकुमार यादव समक्ष मण्डलविरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्तावपत्र अनुसार संसदीय दलको बैठक बोलाइएको प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए ।

मण्डलविरुद्ध दाहाल–नेपाल समूहका १७ जना सांसदले अविश्वासको प्रस्तावमा दर्ता गराएका थिए । सो समुहले अविश्वास प्रस्ताव सहजै पारित हुने अवस्था रहेको दावी दाहाल–नेपाल समूहले गर्दै आएका छन् ।

यो पनिः

प्रदेश २ मा नेकपा संसदीय दलका नेताबाट सत्यनारायणलाई हटाउने दाहाल–नेपाल समूहको तयारी

Author:



क्याटोगरी छान्‍नुहोस