जनकपुरको प्रादेशिक अस्पताल र नर्सको बदमासी

 

सुरेश कुमार यादव

सन्दर्भ प्रादेशिक अस्पताल जनकपुरको हो । २०७७ पुस २० गते सोमबार बिहान ८.३५ बजे म अस्पताल परिसरमा पुगें । बहिनीलाई बच्चा पाउन शल्यक्रिया गर्नुपर्ने डाक्टरको सुझाव अनुरुप म सहयोगीको रुपमा त्यहाँ पुगेको थिएँ । डाक्टर साबले बी पोजेटिभ समूहको एक पिन्ट रगत व्यवस्था गरि भर्ना हुन भन्नुभो । म लेवर रुमको काउन्टरमा पुगेर त्यहाँ भेट्नु भएकी सिस्टर ९निर्मला घिसिङ० लाई सोधेँ, शल्यक्रियाका लागि भर्ना हुने ठाउँ यहीँ हो सिस्टर ?

उहाँ झर्केर बोल्नु भो, कसले भन्यो अप्रेसन गर्नुपर्छ रुू मैले फलानो डाक्टर साबले भन्नुभएको हो । भर्ना हुने ठाउँ खोजिरहेको छु भनेपछि कागजपत्र कहाँ छ भन्दै फेरि रिसाएरै बोल्नु भो । मैले कागज देखाएँ, उहाँले बाहिर बस्नुस् भन्नुभयो ।

म बाहिर निस्केर मेसुलाई फोन गरें । उहाँले प्रसूति ईन्चार्ज सम्थिङ ठाकुरलाई भेट्न भन्नुभयो । मैले ठाकुर सिस्टर हुनुहुन्छ ? भनेर फेरि सोध्न भित्र गएँ सिस्टर रिसाइहाल्नुभो । कति कच कच गरेको भन्दै उहाँले ममाथि झम्टिएपछि तपाईंहरूलाई यस्तै शिक्षा दिइएको हो रु नम्रतापुर्वक बोल्न आउँदैन ? भनेर सोधेपछि उल्टो थप कड्किदै तँलाई सोर्स छ अनि हामी बिना सोर्सैको यहाँ बसेको हो ? एक सिस्टर जस्तो जिम्मेवार व्यक्तिले यतिसम्म प्रस्तुत हुन थालेपछि मेरो पनि धैर्यता भंग हुनपुग्यो । मैले सोर्सको धाक देखाउने कि बिरामीको सेवा गर्ने ? भनेपछि अन्टसन्ट बोल्न थालिन् ।

मैले यो त अति भयो, बदमासी नगर्नुस् भनेपछि गालीगलौजमै उत्रिइन् । मैले उनीहरुको दादागिरी मोबाइल(क्यामेरामा कैद गर्न सुरु गरें, एकजना नर्सले मेरो मोबाइल झम्टेर खोसिहालिन् । त्यो मोबाइलमा मैले उनीहरुको दादागिरीको केही दृश्य मात्र कैद गर्न भ्याएको थिएँ । त्यो भिडियो उसले डिलिट गरिदिइन् । मैले मेसुलाई फेरि फोन गरें । फोन उठेन । अस्पताल सुरक्षा इन्चार्जलाई फोन गरें । उहाँ आएपछि मोबाइल फिर्ता दिलाउनु भो । त्यहाँ मेरो तर्फबाट अलिकति पनि गल्ती भाको भए म थुनामा जानुपर्ने निश्चित थियो । सबै प्रत्यक्षदर्शीले एकस्वरमा बोल्दै नर्सहरुको दादागिरी र बदमासीको बारेमा जानकारी गराएपछि प्रहरी इन्चार्जले उनीहरुलाई सामान्य शिष्टाचार सिकाउँदै मलाई पनि सम्झाउन थाल्नुभो, सुरेश दाजु मलाई थाहा छ, तपाई सज्जन व्यक्ति हुनुहुन्छ । तपाईंको सबै काम हुन्छ चिन्ता नलिनुस् ।

मलाई मेरो मात्र कामभन्दा पनि सबै बिरामीले सन्तोषजनक अवस्थामा स्वास्थ्य सेवा पाउनुपर्ने कुरा राखें । एकजना धेरै बोल्ने नर्सले हेल्मेट लगाएर बाहिर निस्किनुभो । अरु दुई तीनजना नयाँ नर्स आए । सबैलाई तत्काल रेस्पोन्स हुनेगरी सेवा सुचारू भयो । बिरामीका कुरुवाहरुले ठिक गर्नुभयो भनेर मलाई थप्थपाउन थाले । खासमा मैले त्यस्तो कुनै ठिकै काम गरेको छैन र थिइन । गरेको थिएँ त गलतको विरोध ।

बिरामीको सेवाका लागि जागिर खाने नर्सहरुमा न सेवा भाव देखें न मानवता । एकजना बिरामीका कुरुवाले भन्दैथिइन्, सबै नर्सहरु मोबाइल चलाएर मस्त हुन्छन्, बिरामीले केही सोध्यो कि झर्केर बोल्छन् । एकजना पनि बिरामी वा कुरुवाले कुनै नर्सले राम्रो गरेको भनेनन् । डाक्टरहरूले पनि नर्सहरुमा हुनुपर्ने गुणको कमी रहेको भन्दै हुनुहुन्थ्यो । जे भए पनि बिहान करिब साढे सात बजे अस्पताल पुगेको म सबै काम सकेर साढे १२ बजे घर फर्केर खाना खाएँ । मेसु र अस्पताल विकास समिति अध्यक्षको ध्यानाकर्षण होस् । अस्पतालमा सेवाभाव र मानवताको विकास होस् ।

(पत्रकार सुरेश कुमार यादवको फेसबुक वालबाट साभार)

Author:



क्याटोगरी छान्‍नुहोस