नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा (सूची)

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका उपरिक्षक (एसपी) र नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपी र ६९ जना डीएसपीहरुकाे सरुवा गरेका हुन् ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ।

पर्सामा एसपी बेलबहादुर पाण्डे, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ।


मंगलबार प्रकाशित सूचनाअनुसार डीएसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन्। सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780