अन्तर बैंक एटिएम कोरोबारमा माघ १ गतेदेखि शुल्क लाग्ने

जनकपुरधाम । अन्तर बैंक एटिएम कोरोबारमा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस