राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटन फिर्ताको माग

राजविराज, २३ पुस । राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक कदम भएको भन्दै अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।

विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । कोभिड १९ संक्रमणका कारण देश नाजुक अवस्थामा रहेको भन्दै उनले पार्टीको झगडा मिलाउन नसकेर घरमा आगो लगाउने काम प्रधानमन्त्रीबाट भएको आरोप लगाए ।

प्रतिनिधि सभा सम्वन्धी विषय संवैधानिक अदालतमा गएकोले न्यायालयबाट नेपाली जनताले न्याय पाउनेमा आफु आशावादी रहेको राष्ट्रिय सभा सदस्य यादवले बताए । बैठकमा बोल्दै उनले उखु किसानले उत्पादन गरेको उखुको पैसा पाउनकालागि आन्दोलन गर्नुपर्ने दुर्भाग्यपूर्ण भएको भन्दै अविलम्ब भुक्तानी दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस