हिन्दी फिल्म कागज रिलिज, म्युजिक डायरेक्टरमा जनकपुरका प्रवेश मल्लिक

 

बलिवुड सिनेमाका चर्चित अभिनेता पंकज त्रिपाठीको हिन्दी फिल्म कागज विहीबार रिलिज भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त फिल्म उत्तर प्रदेशको सीतापुर एक व्यक्तिको जीवनकथामा आधारित रहेको छ ।

हिन्दी फिल्म कागजको निर्देशन बलिवुडका चर्चित कलाकार सतिश कौसिकले गरेका छन् भने निर्मातामा चर्चित अभिनेता सलमान खान रहेका छन् । म्युजिक डायरेक्टरमा नेपालको जनकपुरधाम निवासी प्रवेश मल्लिक रहेका छन् । वरिष्ठ पाश्र्व गायक उदीतनारायण झा र स्वर कोकिला अल्का याग्निकको गायन रहेको छ । उक्त फिल्मको बैलगाडी बोलको गीत यतिबेला दर्शकहरुमा लोकप्रिय हुँदैगएको छ ।

कागजको कथा, पटकथा तथा सम्वाद सतीश कौशिकले नै लेखेका छन् । उक्त फिल्ममा पंकज त्रिपाठीका साथै सतीश कौशिक स्वयम् समेत अभिनय गरेका छन् । यसैगरी अमर उपाध्याय, मोनल गज्जर और मीता वशिष्ठ मुख्य भूमिका रहेको छ । मोबाइल थिएटर प्रविधीबाट उक्त फिल्मको रिलिज गरिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस