राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्षमा शर्माद्वारा शपथग्रहण

जनकपुरधाम । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा चयन भएका धनीराम शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । उनलाई विहिवार सञ्चालक समिति अध्यक्षमा नियुक्त गरिएसँगै पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने गरी सरकारको तयारी थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ । तस्बिर: राष्ट्रिय वाणिज्य बैंक

Author:



क्याटोगरी छान्‍नुहोस