वरिष्ठ पत्रकार चेम्जोङको ‘उदयपुरको ईतिहास’ पुस्तक विमोचन

 

काठमाण्डौ, २४ पुस । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तक शताब्दि पुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले गरेका हुन् । ईतिहासविद् जोशीले विहिबार एक कार्यक्रम बीच बखुम्बहाल मङ्गलबजार स्थित सत्यमोहन जोशी लोकसाहित्य भवनमा पुस्तक लोकार्पण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्रा.डा. राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्काे अध्याय थपिएको बताए । सिंगो पुस्तकको समिक्षा गर्दै प्रा.डा. बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रीहरुका साथ ईतिहास् प्रस्तुत गरिएको जानकारी दिए । उनका अनुसार पुस्तकमा नेपालको ईतिहासमा मानव सभ्यता, ऐतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसँग जोडिएको प्रमाण पेश गरिएको छ ।

किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएको छ । पुस्तकले त्रियुगा सभ्यताको अहिलेसम्मकै ठोस, गहन जानकारी र तथ्य प्रस्तुत गरिएको छ । ईतिहास अध्ययनकालागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उनले बताए । पुस्तककालागि पत्रकार एवम् ईतिहासकार चेम्जोङले २२ वर्ष लामो समय अध्यायनमा समय खर्चेको कार्यक्रममा जानकारी दिईयो । पुस्तक प्रकाशनको क्रममा उनले उदयपुरको कुनाकुना, कन्दराहरु चहारेका थिए । लेखक चेम्जोङले विमोचन समारोहमा बोल्दै आफ्नो बुबाले दिएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई पुस्तकतर्फ लागेको बताए ।

आफु ईतिहासको विद्यार्थिको रुपमा गहन अध्यायन र खोजका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । चेम्जोङद्धारा लिखित पुस्तक काठमाडौं, उदयपुर लगायत अन्य जिल्लाहरुको पुस्तक पसलहरुमा पाईने जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस