जनकपुर, २३ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदायको पहुँच सुनिश्चित गर्दै सरकार अघि बढेको बताएका छन् । जनकपुरधाममा शुक्रवार समता फाउण्डेशनले आयोजना गरेको सामाजिक न्यायकालागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पछाडी पारिएका दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना गर्नु असम्भव कुरा हो’ उनले भने–‘यस्ता कुराहरुलाई नै मध्यनजर गर्दै प्रदेश सरकार दलित समुदायको पहुँच सुनिश्चित गर्दै अघि बढेको छ ।’
दलित, जनजाति–आदीवासी, महिला, मुश्लिम लगायतका समुदायको उन्नति र विकासकोलागि अनेकौं योजनाहरु ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले ती योजनाहरुको प्रतिफल ५/७ वर्षपछि समाजले अनूभूति गर्ने दावी गरे ।