मधेशलाइभका सम्पादक र सल्लाहकार प्रदेश मिडिया सञ्चार क्षेत्रको पदाधिकारीमा नियुक्त

राजविराज, २३ माघ । मधेशलाइभ अनलाइनका सम्पादक श्यामसुन्दर यादव र सल्लाहकार शिवहरि प्रसाद भट्टराई प्रदेश २ सरकारको मिडिया सञ्चार क्षेत्रको पदाधिकारीमा नियुक्त भएका छन् ।

सम्पादक यादव प्रदेश आम सञ्चार प्राधिकरणको अध्यक्ष र सल्लाहकार भट्टराई मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् ।

शुक्रबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकबाट प्रदेश आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिलकासाथै चलचित्र विकास बोर्डमा पदाधिकारी नियुक्त गरेको छ । बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

नियुक्त भएका मौरबैता सिरहा निवासी हुन् भने यादव दुई दशकभन्दा बढी र भट्टराई चार दशकभन्दा बढी समयदेखि सप्तरीमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

यस अभिव्यक्ति मिडिया प्रा.लि.द्वारा सञ्चालित मधेशलाइभ अनलाइनकोतर्फबाट नवनियुक्त दुवै जनालाई हार्दिक बधाईका साथ कार्यकालको पूर्ण सफलताको कामना –कार्यकारी सम्पादक

 

Author:



क्याटोगरी छान्‍नुहोस