सप्तरीमा घुर ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

राजविराज, २३ माघ । सप्तरीमा घुर ताप्दै गरेकी एक ७५ वर्षीया वृद्धाको जलेर मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका–२ हरदियाका नन्कु पासवानकी पत्नी कमली देवी पासवानको जलेर मृत्यु भएको हो ।

गए राति आफनै घरमा घुर बालेर ताप्दै गरेकी वृद्धाको साडीमा आगो लागेर दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो ।

जलेर गम्भीर घाईते भएकी वृद्धाको उपचारकोलागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भर्ना गरिएकोमा उपचारकै क्रममा विहान करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस