नेकपा ओली समूहको आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन र आमसभा

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज राजधानीमा बृहत शक्ति प्रदर्शन र आमसभा गर्दैछ । आमसभालाई प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसहित तीन शीर्ष नेताले सम्वोधन गर्ने कार्यक्रम छ ।

दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि गर्न लागेको आमसभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले सम्वोधन गर्नेछन् । देशभरबाट कार्यकर्ताहरु आमसभामा सहभागी हुने जनाएको छ ।

यी स्थानबाट जुलुस निस्कने

आमसभाअघि विभिन्न स्थानबाट जुलुस निस्कने कार्यक्रम छ । बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरु, महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।

त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरु, पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटो लगायत १३ स्थानबाट आउनेका लागि तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस