सप्तरीका ईट्टा उद्योगमा भइरहेको गैरकानूनी कार्यतर्फ प्रहरीको नजर !

राजविराज, ७ वैशाख । सप्तरीका केही ईट्टा उद्योगहरु गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ । डाकनेश्वरी नगरपालिका–९ स्थित दुई वटा ईट्टा उद्योगबाट भारतबाट भन्सार छलि गरी ल्याएको सवारीहरु बरामद गरिएपछि सो कुरा बाहिरिएको हो ।

गए राति (सोमवार) सवा १२ बजेतिर सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण सप्तरीबाट सहायक प्रहरी नायब उपरीक्षक श्याममणी ढकालको नेतृत्वमा खटिएको गस्ती टोलीले जय मातादी ईट्टा उद्योग र बाबा धर्मराज ईट्टा उद्योगबाट ९ वटा टेम्पो बरामद बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा बरामद गरिएको टेम्पोमध्ये ३ वटा भारतीय नम्वर प्लेटको हो भने ६ वटामा नम्वर प्लेट नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो टेम्पोहरुको भन्सार दखिला मुल्य ५४ लाख रुपैयाँ कायम गरी आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस