राजविराज, ७ वैशााख । सप्तरीमा मंगलवार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।
राजविराज वडा नम्वर ६ का ६० वर्षीय र वडा नम्वर ८ का २० वर्षीय पुरुष तथा डाकनेश्वरी–३ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।