राजविराज, १३ वैशाख । सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका ११ जना निजी विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले गरेको निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनबाट सोमवारै उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लक्ष्मी इंग्लिस बोर्डिङ्ग स्कुलका सञ्चालक ३८ वर्षीय रााजेश कुमार यादव, बैद्यनाथ कुमार झा र बुलन्द साह, ह्यापी ल्याण्ड माविका सञ्चालक शैलेन्द्र कुमार ठाकुर, जानकी सेकेण्ड्री स्कुलका शिक्षक हरि किसुन राय छन् ।
यसैगरी लिटिल एन्जल बोडिङ्ग स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सृजना सेकेण्ड्री बोडिङ्ग शिक्षक रिमा झा, लिटिल फ्लावर सेकेण्ड्री स्कुलका डा.कामन्त देव, ग्रिन इंग्लिस बोडिङ्ग स्कुलका शिक्षक मनोज यादव र शिव इन्टरनेशनल बोडिङ्ग स्कुलका सञ्चालक नरेश साहलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत किशोर कुमार रामले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार संक्रमक रोग ऐन, २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको हो ।
सूचीः