‘स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई छैन र दिनु पनि हुदैन’

राजविराजमा आयोजित ‘कोरोना नियन्त्रण तथा रोकथाम विषयक छलफल’ कार्यक्रममा सहभागी मुख्यमन्त्रीसहितका पदाधिकारीहरु ।

राजविराज, १२ साउन । लापरवाहीका कारण सदरमुकाम राजविराजका समूदायस्तरमा कोरोना फैलिएको विषयमा चौतर्फी चर्चा भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री समेतको सहभागीता रहेको कार्यक्रमका सहभागीहरुले दोषीलाई सार्वजनिक गर्न माग गरेका छन ।

सोमवार राजविराजमा मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको ‘कोरोना नियन्त्रण तथा रोकथाम विषयक छलफल’ कार्यक्रमका सहभागीहरुले यस्तो कुरा उठाएका हुन् ।

‘राजविराजमा कोरोनाको अवस्था भयावह हुनुमा को दोषी हुन्?, त्यस विषयमा प्रशासन र नगरपालिकाले सर्वसाधारण माझ सार्वजनिक गर्नुपर्छ’ नेपाल कम्युनिष्ट पार्टीका नेता सुखराम यादवले भने–‘संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति थप कार्य हुनु जरुरी छ नै र संक्रमणको अवस्था भयावह पार्न लापरवाही देखिएकाहरुको विषयमा उजागर हुनु पनि आवश्यक छ ।’

त्यसकालागि अविलम्व छानवीन समिति गठन गरी खोजी गर्न उनले आग्रह गरे । ‘लापरवाही गरेकै हो भने त्यस्तालाई कानूनी दायरामा ल्याउनुपर्छ’ उनले भने–‘सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्न कसैलाई छुट छैन र छुट दिनु पनि हुदैन ।’

यो पनि हेर्नुहोस्ः

राजविराजका समुदायमा यसरी फैलियो कोरोना [विशेष रिपोर्ट]

Author:



क्याटोगरी छान्‍नुहोस