कोरोना नियन्त्रण गर्न सिरहामा २० करोडबढी खर्चियो [यस्तो छ स्थानीय तहको खर्च विवरण]

राजविराज। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा रोकथामको नाममा आर्थिक अनियमितता भएको भन्दै टिकाटिप्पणी हुन थालेपछि सिरहाका स्थानीय तहहरुले खर्चको विवतरण सार्वजनिक गर्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रदिपराज कँडेलले ३ दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएका दिए । सोही अनुसार १७ स्थानीय तहमध्ये १२ वटा तहले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

खर्च विवरणअनुसार सिरहा नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४३० रुपैयाँ खर्च गरेको छ । सिरहा नगरपालिका सवैभन्दा बढी खर्च गरेको छ भने अर्नामा गाउँपालिकाले सबैभन्दा कम खर्च गरेको छ । अर्नामाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेको वितरणमा छ ।

यसैगरी, गोलबजार नगरपालिकाले एक करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैयाँ, धनगढीमाइ नगरपलिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया, बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७ सय १०, लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैयाँ रुपैयाँ खर्च गरेको छ ।

विवरणअनुसार बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैयाँ, नरहा गाउँपालीकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैयाँ, लक्ष्मीपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैयाँ, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ, औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च गरेको हो ।

यसैगरी, स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च गरेको वितरणमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस