सप्तरीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, २४ साउन । सप्तरीमा शनिवार सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ५ सय ६५ पुगेको हो । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार राजविराज नगरपालिका वडा नम्वर ७ का ५० वर्षिय एक सञ्चार उद्यमी समेत रहेका सप्तरीका पुस्तक तथा स्टेश्नरी व्यवसायी, उनका २५ वर्षिय छोरा रहेका छन् । यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालमा डायलायसिसमा रहेका दुई जना पुरुष, राजविराज नगरपालिका वडा नम्वर ५ का एक महिला र दुई पुरुष रहेकोे उनले जानकारी दिएका छन् ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा.झाका अनुसार अस्पतालमा हालसम्म ८ जना स्वास्थ्यकर्मी तथा एक सरसफाईतर्फका कर्मचारी गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ जना निको भएर घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस